राजनीति

सर्वोच्चको फैसलाले मुख्यमन्त्रीलाई संकट

सुदूरपश्चिम प्रदेश सरकार

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र पार्टीलाई व्युताईदिएपछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री अल्पमतमा परेका छन । सर्वोच्वको फैसलाले सुदूरपश्चिम प्रदेश सरकार नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन सरकारमा परिणत भएको छ । एमाले पार्टीले सरकारको समर्थन फिर्ता लिएमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बिश्वासको मत लिन नेपाली काग्रेस र राजपाको साथ आवश्यक हुने भएको छ ।

सर्वोच्व अदालतले अढाई बर्ष अघि नेकपा एमाले र नेकपा (माओवादी केन्द) बिच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई बदर गरिदिएको हो । सर्वोच्वको फैसला सँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता अघिकै अवस्थामा व्युतिएका हुन । सर्वोच्वको फैसलाले सुदूरपश्चिम प्रदेशको राजनीती पनि तरंगित बनेको छ । ओली पक्ष र प्रचण्ड माधव पक्षमा लागेका सासंदहरु पनि अन्यौलमा परेका छन ।

नेकपा एमालेवाट निर्वाचित ओली पक्षका प्रदेश सभा सदस्य रतन थापाले सर्वोच्वको आदेश पछि सुदूरपश्चिम प्रदेश सरकार गठबन्धन सरकार भएको बताए । ‘मुख्यमन्त्रीलाई आफूले स्विकार्ने कुरो नै हुदैन, एमालेले समर्थन फिर्ता लिने छ’उनले भने,‘हामी सर्वोच्वको फैशला मान्छौ ।’

नेकपाका तर्फवाट सुदूरपश्चिम प्रदेश सभामा प्रमुख सचेतक रहेका तारालामा तामाङले नेकपा एमालेले समर्थन फिर्ता लिएमा प्रदेश सरकारमा फरक पर्ने बताएका छन ।‘तत्काल त सुदूरपश्चिम प्रदेश सरकारमा केहि फरक पर्दैन, केन्द्रवाट गरेमा फरक पर्न सक्छ’उनले भने ।सुदूरपश्चिम प्रदेश शभामा नेकपा एमालेवाट २५ प्रदेश शभा सदस्य, नेकपा माओवादी केन्द्र वाट १४, नेपाली काग्रेसवाट १२ र राजपावाट २ जना प्रदेश सभा सदस्य निर्वाचित भएका हुन । भट्ट नेकपा माओवादी केन्द्रको कोटावाट मुख्यमन्त्री बनेका हुन । एमालेले सरकारको समर्थन फिर्ता लिएमा मुख्यमन्त्री भट्ट अल्पमतमा पर्ने छन । उनलाई बिश्वासको मत लिन नेपाली काग्रेस र राजपा दुवै पार्टीको समर्थन आवश्यक पर्ने छ । दुवै पार्टी एकिकरण भएपछि बनेको नेकपा पार्टीका ३९ सांसदमा ८ जना मात्र ओली पक्षमा लागेकाले प्रचण्ड माधव समुहसँग सुविधाजनक बहुमत भएकाले मुख्यमन्त्री भट्ट ढुक्क जस्तै थिए । ओली पक्ष र प्रचण्ड माधव पक्ष बिच राजनितिक रुपमा बिभाजन भएपछि मुख्यमन्त्री भट्टले ओली पक्षका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह वोहरालाई गत पुस १४ गते हटाएका थिए । ओली पक्षमा लागेका तत्कालिन नेकपा माओवादीवाट प्रदेश शभा सदस्य निर्वाचित भएका  आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले पुस २२ गते मन्त्रीपदवाट राजिनामा दिएका थिए । यि खाली रहेका मन्त्रालयमा मन्त्री हुने आकांक्षी धेरै रहेका र आकांक्षिहरु असन्तुष्ट भएमा ओली पक्षतिर जान सक्ने संभावना भएकाले २ महिना बित्दा पनि मन्त्री थप गर्न सकेका थिएनन् ।  नेपाली काग्रेस र रजापाको समर्थन पाएको अवस्थामा समेत नेकपा माओवादी केन्द्रवाट प्रदेश शभा सदस्य रहेका १४ मध्य २ जनाले मात्र मुख्यमन्त्री भट्टले बिश्वासको मत लिदाँ ह्विप उलङ्घन गरेमा उनलाई गाह्रो हुने छ । तत्कालिन मोआवादी केन्द्रवाट प्रदेश शभा सदस्यमा निर्वाचित झपट वोहरा र महेशदत्त जोशी ओली पक्षमा लागेका थिए । जोशी भने पुन प्रचण्ड माधव पक्षमा गएका छन । सुदूरपश्चिम प्रदेशका प्रभावशाली मानिएका नेता लेखराज भट्ट प्रचण्डलाई छोडेर ओली साथ दिएका छन । डोटीवाट निर्वाचित त्रिलोचन भट्टलाई लेखराजले नै मुख्यमन्त्री बनाएका हुन । लेखराजलाई छोडेर मुख्यमन्त्री भट्ट प्रचण्ड माधव समुहमा लागेका छन ।

प्रकाशित: २४ फाल्गुन २०७७ ११:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App