प्रतिनिधिसभा बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको संसद विघटन सर्वोच्च अदालतले बदर गरेपछि पहिलो पटक संसद बैठक बसेको हो। सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्दै १३ दिन भित्र संसद बैठक बोलाउन आदेश गरेको थियो।
प्रकाशित: २३ फाल्गुन २०७७ ११:३१ आइतबार