राजनीति

कांग्रेसले बोलायो संसदीय दलको बैठक

सांकेतिक तस्बिर।

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। प्रतिनिधिसभा पुनःस्थापनापछि आगामी राणनीति तय गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।  

बानेश्वर स्थित संघीय संसद भवनमा बस्ने बैठक फागनु २१ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्। ‘बैठकमा समसायिक विषयमा छलफल हुनेछ,’ उनले नागरिकसँग भनिन्,‘सबै एजेन्डा भने तय भइसकेको छैन।’

प्रतिनिधि सभाको बैठक यही फागुन २३ गते अपराह्न ४ बजेका लागि बोलाइएको छ।  

प्रकाशित: १९ फाल्गुन २०७७ ०६:५६ बुधबार

नेपाली कांग्रेस संसद पुन:स्थापना