राजनीति

दाहाल-नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्यबाट हटायो

नेकपा (दाहाल–नेपाल) समूहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको छ। आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो।  

यस अघि दाहाल- नेपाल समूहले ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो। ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि नेकपामा विभाजन देखिएको छ।

माघ ३ गते बसेको दाहाल-नेपाल समूहको बैठकले ओलीलाई पार्टी अध्यक्षबाट किन नहटाउने भनेर स्पष्टिरण सोधेको थियो।

 

 

 

 

प्रकाशित: ११ माघ २०७७ १३:२३ आइतबार

केपी ओली नेकपा