राजनीति

सुवासचन्द्र नेम्वाङको प्रश्न : केपी ओलीलाई संसद् विघटन गर्न किन बाध्य पारियो ?

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले संसद् विघटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाध्य पारिएको दाबी गरेको छन्। शनिबार ओली पक्षीय नेकपाको प्रदेश १ ले काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता नेम्वाङले समृद्ध नेपाल सुखी नेपालीको लागि काम गरिरहेको सरकारलाई संसद् विदघटन गर्न बाध्य पारिएको बताएका हुन्।  

‘प्रधानमन्त्रीको भनाई छ, जतिबेला कुनैपनि विकल्प देखिँदैन जनतामा जानुनै सबैभन्दा राम्रो उपाय हो। त्यसैले अहिले जनताकोबीचमा जानको लागि भनेर हामी अग्रसर भएका छौं। हामी स्थिरताका लागि काम गरिरहेका थियौं। समृद्ध नेपाली सुखी नेपालीको लागि काम गरिरहेका थियौं। त्यो दिशामा अग्रसर भइरहेका थियौं,’ उनले भने, ‘तर, यो किन पाच्य भएन?’

उनले महाधिवेशनमार्फत प्रधानमन्त्री ओलीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताएको भएपनि अर्को पक्षले त्यो प्रस्ताव नमानेको बताए। ‘अध्यक्ष केपी ओली प्रधानमन्त्री बनिराख्नुभएको थियो। उहाँले दुई पार्टीलाई एक ठाउँमा ल्याएर आउनुभएको थियो। उहाँले उपयुक्त समयमा महाधिवेशनमार्फत नयाँ पुस्तालाई जिम्मेवारी सुम्पिन्छु भन्नुभएको थिया। छोटकरीमा उहाँले म कक्षा दोहोर्‍याउने विद्यार्थी होइन भन्नुभएको थियो,’ नेता नेम्वाङले भने, ‘यो तवरबाट अगाडि बढिरहेको प्रधानमन्त्रीलाई यस्तो अवस्था सिर्जना गर्ने अवस्थामा किन पुर्‍याइयो? किन हामी यो ठाउँमा आउन बाध्य भयौं? महाधिवेशन चाँडो गरेर नयाँ पुस्तालाई नेतृत्व सुम्पने उद्घोषण गरेका प्रधानमन्त्रीलाई किन अवरोध? किन यी अप्ठ्याराहरु उहाँको बाटोमा तेस्र्याइन्छन्?’

संसद् विघटनको विषय सर्वोच्चमा विचाराधीन रहको भन्दै उनले यस विषयमा धेरै टिप्पणी गर्न नमिल्ने बताए।

पुस ५ गते सरकारले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा लगभग विभाजित भइसकेको छ। संसद् विघटनपछि ओली र प्रचण्ड–नेपाल एक–अर्को समूहलाई आरोप प्रत्यारोप लगाइरहेका छन्।

प्रकाशित: ३ माघ २०७७ १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App