राजनीति

सामाजिक सञ्जालमार्फत अश्लील तस्वीर पठाउने आरआर क्याम्पसका उप–प्रध्यापक पक्राउ

सांकेतिक तस्वीर

काठमाडौंको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका मानवशास्त्रका उप–प्राध्यापक विष्णु प्रसाद आचार्यलाई प्रहरीले पक्राउ गरेको छ। आफूले पढाउने एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय उप–प्राध्यापक आचार्यलाई पक्राउ गरेको हो।

स्रोतकाअनुसार उनले स्नाकोत्तर तह तेस्रो सेमेस्टरमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत अश्लील तस्वीर पठाएका थिए। उप–प्राध्यापक आचार्यले सामाजिक सञ्जालमार्फत यौन दुर्व्यवहार गर्न खोजेपछि पीडित किशोरीले गत शुक्रबाट प्रहरी समक्ष निवेदन दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।

एसएसपी सिंहका अनुसार उप–प्राध्यापक आचार्यमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रकाशित: २८ पुस २०७७ ०८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App