राजनीति

घोडाबाट लडेर घाइते मुख्यमन्त्री शाहीको सिटी स्क्यान रिपोर्ट नर्मल

हुम्लामा घोडाबाट लडेर घाइते भएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिटी स्क्यान रिपोर्ट नर्मल आएको छ। सिमीकोट गाउँपालिका–३ को तोर्पा जाने क्रममा हुड्की गाउँ नजिकै घोडाबाट लडेर शनिबार बेलुका टाउकोमा चोट लागेपछि मुख्यमन्त्री शाहीलाई हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएको थियो।  

उनलाई कर्णाली प्रदेश अस्पतालले घरमै आराम गर्न भनेको छ। अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. केएन पौडेल लगायतको टिम तयारी अवस्थामा रहेको जनाएको छ।

यो पनि पढ्नुहोस्

हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री शाही दुर्घटनामा घाइते, हेलिकप्टरबाट सुर्खेत ल्याइदै

शनिबार मुख्यमन्त्री शाही चीनसँग सीमा निरीक्षणका लागि हिल्सा र लिमी क्षेत्र जाने कार्यक्रम थियो। हेलिकोप्टरको उडान अनुमति नपाएपछि मुख्यमन्त्री शाही सिमीकोट गाउँपालिका–३ को तोर्पा, बरगाउँ र लिमाटाङ्गमा रहेका प्रदेशका योजना अनुगमान गर्न जाने क्रममा हुड्की गाउँ नजिकैको खोलामा घोडाबाट लडेका थिए।

सदरमुकामबाट गाडीमा गएका मुख्यमन्त्री शाहीलाई स्थानीय लामा समुदायले घोडा चढ्न अनुरोध गरेका थिए। मुख्यमन्त्री घोडाबाट लडेर घाइते भएलगत्तै सिमकोटबाट गएको हेलिकप्टरले बरगाउँको बागचाल्नाबाट उद्वार गरेको थियो।  

 

 

प्रकाशित: २२ कार्तिक २०७७ १६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App