राजनीति

पशुपति क्षेत्र विकास कोषको ‘नयाँ गुरुयोजना’काे काम छैन, खारेज गरौं : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले पशुपति क्षेत्र विकास कोषको ‘नयाँ गुरुयोजना’ खारेज गर्न सरकारसँग माग गरेका छन्।  

सांसद थापाले बुधबार समाजिक सञ्जालमा स्टाटस लेख्दै न निर्माण प्रक्रिया, न सामग्री केही पनि नमिल्ने गुरुयोजनाको कुनै काम नभएको टिप्पणी गरेका हुन्।  

‘पशुपति क्षेत्र विकास कोषको ‘नयाँ गुरुयोजना’! न त निर्माण प्रक्रिया मिल्छ न त सामाग्री नै। यो गुरुयोजना नै हैन,’ कांग्रेसका केन्द्रीय सदस्य थापाले फेसबुकमा लेखेका छन्, ‘अतस् यसलाई खारेज गरौं। पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गगरौं। तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरुयोजना बनाऔं भन्ने सरकारसँग हाम्रो माग हो।’

प्रकाशित: २१ आश्विन २०७७ ०९:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App