राजनीति

प्रतिपक्षको भूमिकाबारे हामीले कार्यकर्तालाई सिकाउन सकेनौंः गगन थापा

घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नै पर्छ

नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य गगन थापाले सोमवार प्रदेश पाँच संसदमा भएको घटना संसदीय मर्यादा र प्रतिष्ठा विपरीत भएको बताएका छन्। संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका भए पनि हिजोको तरिका पूर्णत अवाञ्छनीय भएको उनको ठहर छ।

‘प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट हिजो भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत छ।’ सामाजिक सन्जाल फेसबुकमा उनले भेनेका छन्, ‘संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन्। हिजोको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ।’

उक्त घटनाको आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ। ‘प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठका विरुद्ध आवाज उठाउन पाउँछ, पाउनु पर्छ।आवाज  उठाउने तरिका संसदीय अभ्यास भित्रै छ। प्रतिपक्षको भूमिका के(कस्तो हुने भन्नेमा हामीले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै हो। यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नै पर्छ।’

यस्तो छ उनको भनाइ  

प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट हिजो भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत छ। संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन्। हिजोको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ। हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नै पर्छ।

प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठका विरुद्ध आवाज उठाउन पाउँछ, पाउनु पर्छ।आवाज  उठाउने तरिका संसदीय अभ्यास भित्रै छ। प्रतिपक्षको भूमिका के(कस्तो हुने भन्नेमा हामीले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै हो।

प्रतिपक्षले आवेगमा विवेक गुमाउँदा सरकारको  असंसदीय तथा निन्दनीय व्यवहारका विरुद्ध बोल्ने नैतिक बल पनि गुमाउनु पर्छ। नत्र मन्त्रीको “घिसारेर निकालिहाल्” को प्रतिकार यति कमजोर हुँदैन थियो। आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्छ भन्ने कुरा बुझौँ।

प्रकाशित: २० आश्विन २०७७ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App