राजनीति

डा. केसीको जीवन बचाउन गगन थापाले गरे आम नागरिकलाई यस्ताे अपिल

चिकित्सा शिक्षा सुधारको माग राख्दै २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको अवस्था गम्भीर बनेको भन्दै नेपाली कांग्रेसका नेता गगन थापाले उनको जीवन रक्षाका लागि आवाज उठाउन आम नागरिकलाई अपिल गरेका छन्।  

शनिबार सामाजिक सञ्जालमार्फत सांसदसमेत रहेका थापाले जो जहाँ छौं, त्यहींबाट ‘डा. केसीको जीवन रक्षा गर, सहमतिको पालना गर’ भन्ने आवाज उठाउन आग्रह गरेका हुन्।  

‘२० दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। सरकार मस्त निद्रामा छ। सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा. केसीको जीवन रक्षाको, चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने, ’कांग्रेसका केन्द्रीय सदस्य थापाले फेसबुकमा लेखेका छन्, ‘त्यसैले नागरिक तहबाट जहाँ छौं, त्यहींबाट भनौं- डा. केसीको जीवन रक्षा गर! सहमतिको पालना गर!’

प्रकाशित: १७ आश्विन २०७७ १०:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App