राजनीति

राप्रपाका एक अध्यक्ष डा. लोहनीविरुद्ध अर्का अध्यक्ष थापाको आरोप : पार्टी एकता खलबल्याउन खोजे

फाइल तस्बिर : कमल थापा र डा.प्रकाशचन्द्र लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका एक अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी एकता खलबल्याउने अभिव्यक्ति दिएको अर्का अध्यक्ष कमल थापाले आरोप लगाउका छन्।  

मंगलबार बिहान सामाजिक सञ्जाल (फेसबुक/ट्विटर) मार्फत अध्यक्ष थापाले डा. लोहनीले एक टिभी अन्तर्वार्तामा पार्टी एकता नै खलबल्याउने अभिव्यक्ति दिएको आरोप लगाएका हुन्।  

‘डा। प्रकाशचन्द्र लोहनीले एक टिभी अन्तर्वार्ताको माध्यमबाट पार्टी एकताबारे एकपक्षीय रूपमा जुन भ्रम सिर्जना गर्ने प्रयास गर्नुभएको छ, त्यो पार्टी एकताको भावनाविपरीत छ। एकता खलबल्याउने मनसायबाट अभिप्रेरित देखिन्छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धर्मरसंस्कृतिविरुद्ध आक्रमण, ब्रम्हलुट र सर्वसत्तावाद परास्त गरी समृद्ध नेपाल बनाउन देशले वैकल्पिक विचार बोकेको शक्ति खोजेको छ। यही आवश्यकता पूरा गर्न राप्रपाको एकता भएको हो। मतभेदरचित्त नबुझेका कुरा सहमतिबाट टुंग्याउन सकिन्छ, सार्वजनिक बहसको बिषय नबनाऔं।’

तर अध्यक्ष थापाले कुन अन्तर्वार्तामा डा. लोहनीले के बोले भन्ने सन्दर्भ खुलाएका छैनन्। 

कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच गत फागनुमा एकता भएको हो। अहिले तिनै जना पार्टीका अध्यक्ष छन्।  

प्रकाशित: ३० भाद्र २०७७ ०७:५७ मंगलबार

राप्रपा