राजनीति

सूर्यबहादुर थापाका छोरा सुनीलले राप्रपा छोडे

पूर्वमन्त्री सुनीलबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजीनामा दिएका छन्। उनीसहित ३१ जना नेता-कार्यकर्ताले पार्टीबाट राजीनामा दिएका हुन्।  

शनिबार थापा सहित बाबुराम बस्नेत, बृजलाल यादव, विष्णुविक्रम थापा लगायतले पार्टी अध्यक्षलाई एक पत्र लेख्दै पार्टीबाट राजीनामा दिएको बताएका छन्।

सुनील पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन्। उनी कांग्रेस प्रवेश गर्ने तयारीमा छन्। उनीहरुले पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको निधनपछि पार्टीको नेतृत्वमात्र नगुमाएर बैचारिक शैद्धान्तिक मान्यतामा पनि विचलन आएको बताएका छन्। पार्टी आमजनमतविरुद्ध गएको र पटक पटक खवरदारी गर्दा पनि नसुध्रिएको उनीहरुको आरोप छ।  

राजीनामा दिनेहरुमा पूर्वगृहराज्यमन्त्री नेता विष्णु विक्रम थापा , बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलिप राई, आशाराम चौधरी, चन्द्रबहादुर घुण्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ साह, नारायण राउत, इन्द्रबहादुर तामाङ,  राजकुमार राई,  डम्बरबहादुर राई, माधव पौडेल, अर्जुनविक्रम थापा, हरेन्द्रप्रसाद यादव, रुपनारायण यादव, भिखारीलाल यादव, महेन्द्र बस्नेत, गोपी ठकुरीडोलनाथ आचार्य, दबिबल तामाङ, मदन घिमिरे र ध्रुब थापा रहेका छन्।  

प्रकाशित: १० श्रावण २०७७ १५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App