राजनीति

बजेटबारे पूर्वप्रधानमन्त्री भट्टराईको प्रतिक्रिया : क्यान्सरको उपचार झारफुक जस्तो

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेट पुरानै निरन्तरता भएको बताएका छन्। बजेट पछि प्रतिक्रिया दिँदै उनले अहिलेको अवस्थामा केही फरक आउन पर्ने भए पनि त्यसो नभएको बताए। शिद्धान्तत बजेट ठिकै भए पनि व्यवहारमा त्यस्तो नदेखिएको बताए।  स्वास्थ्य, रोजगारीमा, कृषि र शिक्षामा प्राथमिकता दिने कुरा ठिकै भए पनि बजेट कति छुट्याइएको छ भन्दै प्रश्न गरे।

न्यून बजेटलाई विशेष क्षेत्रमा फोकस गरेर ल्याउनु पर्ने भए पनि त्यस्तो नपाइएको बताए। 'कृषिमा गरिएको लगानीले कति रोजगारी सिर्जना गर्ला? कोरोनामा विनियोजन गरेको रकमले समाधान देला?' उनले प्रश्न गरे। बजेट कनिका छरेजस्तै भएको उनले बताए। नचाहिने कुरामा पनि बजेट छरिएको उनले बताए। उनले बजेट क्यान्सरको उपचार झारफुक जस्तो भएको प्रतिक्रिया दिए।  

 

 

 

प्रकाशित: १५ जेष्ठ २०७७ १३:१४ बिहीबार

बजेट२०७७-७८