राजनीति

प्रधानमन्त्रीको सम्वोधन : २ प्रतिशत जनसंख्याको कोरोना परीक्षण गर्ने योजना

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणका लागि सुरुवाती दिनमा अलमल भएपनि अहिले सरकारले चालेका कदमहरु सफल भएको बताएका छन्।  सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लक डाउन, अन्तर्राष्ट्रिय सीमा नाका र उडानहरु बन्द गर्ने निर्णयले डरलाग्दो क्षतिबाट मुलुकलाई जोगाएको बताए। कोरोना संक्रमण देखिएका २ महिने शिशु र ८१ वर्षिया बृद्धा निको हुनुलाई प्रधानमन्त्रीले आफ्नो उपलब्धीका रुपमा लिए।

 दक्षिण एसियामा नेपालको अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको लडाइ अझै चुनौतीपूर्ण रहेको बताए। उनले कम्तिमा पनि २ प्रतिशत जनसंख्याको कोरोना परीक्षण गर्ने योजना सरकराले बनाएको पनि बताए। परीक्षण किट र औषधिको प्रवन्ध द्रुत गतिमा विस्तार गरी अझै यसलाई उन्नत बनाइने उनले प्रष्ट्याए।  

 

 

 

प्रकाशित: १२ जेष्ठ २०७७ १३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App