राजनीति

इस्तियाक राईको 'यूटर्न' : पार्टी फुट्ने हल्ला मात्र, एकीकरणले उत्साह थप्यो

काठमाडौं- रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी विभाजन गरेर नयाँ दल दर्ताको तयारी गरेको आरोप लागेका सोही समूहका नेता तथा सांसद मोहम्मद इस्तियाक राईले आफूहरुले पार्टी फुटाउने कुनै गृहकार्यमा नलागेको दाबी गरेका छन्।

प्रधामन्त्री केपी ओली नेतृत्वको सरकारमा शहरी विकास मन्त्रालयको नेतृत्व सम्हालेका पूर्व मन्त्री राईले विहीवार नागरिकसँग कुरा गर्दै पार्टी भित्र मतभेद भए पनि पार्टी फुटाउने तहसम्म विवाद नपुगेको बताए। ‘पार्टी भित्र साथीहरुको असन्तुष्टी छ, उनले भने, पार्टी विभाजनको अवस्थामा पुगेको छैन। पार्टी फुटाउने हल्लामात्र हो।‘

पार्टी फुट्ने हल्लाको बीचमा राजपा र समाजवादीबीच भएको एकीकरण राम्रो पक्ष भएको दाबी गरे।‘ पार्टी फुटाएर नयाँ दल दर्ता गर्ने भन्नेमा कुनै सत्ययता नभएको राईको भनाई छ। ‘समाजवादी र राजपाको एकीकरणले झन् उत्साह थपिएको छ,‘ उनले भने।

समाजवादी पार्टीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्व सो पार्टी फुटाएर नयाँ पार्टी बनाउन प्रधानमन्धी केपी ओलीले पहल गरेको आरोप लाग्दै आएको छ। सरकारले पार्टी फोड्ने उदेश्यले अध्यादेश ल्याएको भन्दै दुई दल एकीकरण गरेर ‘जनता समाजवादी पार्टी दल निर्वाचन आयोगमा विहीवार नै दर्ता गरेका छन्।

प्रकाशित: ११ वैशाख २०७७ ०७:०४ बिहीबार

समाजवादी अध्यादेश विभाजन