राजनीति

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुने भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापका अनुसार प्रत्यारोपणको सबै तयारी पुरा भएको छ।

आइतबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो उपचारबारे जानकारी गराएका थिए। उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो। यसअघि उनको २०६३ सालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीले अहिले नियमित डयलसिस गराउँदै आएका छन्।

प्रकाशित: १८ फाल्गुन २०७६ ०७:४२ आइतबार

प्रधानमन्त्री मिर्गौला प्रत्यारोपण