राजनीति

गाउँपालिका अध्यक्षकी श्रीमती अपहरणमुक्त(अपडेट)

दैलेख - जिल्लाको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीसँगै अपहरणमा परेकी उनकी श्रीमती लिला शाह अपहरण मुक्त भएकी छन्। शनिबार राति साढे १२ बजेतिर अध्यक्ष धीरबहादुरसँगै उनलाई पनि विप्लवका कर्यकर्ताले घरबाटै अपहरण गरेर लिएका थिए।

उनलाई आइतबार बिहान छोडिदिएको भाइ हस्त शाहीले जानकारी दिए। मध्ये राति १५ जनाको समूहमा आएका विप्ल्वका कार्यकर्ताले सोधपुछ गर्नु छ भन्दै शाही दम्पत्तिलाई अपहरण गरेका थिए। जिल्ल प्रहरी कार्यालय दैलेखले भने घटनाको बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित: ६ पुस २०७६ ०३:४८ आइतबार

अपहरण विप्लव