राजनीति

संसदमा कांग्रेसकाे अवराेध, राेष्टम घेराउ गर्दै नाराबाजी

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा अहिले नेपाली कांग्रेसका सांसदहरुले राेष्टम घेराउ गरेर नाराबाजी गरिरहेका छन्। 

प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षका सांसद नन्दलाल रोका क्षेत्रीले बाँकेको सितापुर घटनामा वडा अध्यक्षलाई मुद्धा लगाउने कुरा स्वीकार गर्न नसकिने बताएका थिए। नेपाली कांग्रेसले आन्दोलन गर्छ भने हामी पनि आन्दोलन गर्छौ भन्ने अभिव्यक्ति दिएपनि नेपाली कांग्रेसका सांसदहरुले आपत्ती जनाउँदै आ आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए। सांसद रोका क्षेत्रीको भनाईको प्रतिवादमा कांग्रेसका सांसदहरुले बोल्न समय माग्दा सभामुखले नदिएपछि सांसदहरुले वेल घेराउ गरेर नाराजाजी गरेका हुन्। अहिले पनि नेपाली विरोध जारी छ।

प्रकाशित: ३० भाद्र २०७६ ०९:५४ सोमबार

प्रतिनिधिसभा_बैठक नेपाली_कांग्रेस अवराेध