राजनीति

नेपाल चीन संयुक्त परामर्श संयन्त्रको बैठक शनिबारदेखि

काठमाडौं– नेपाल–चीन संयुक्त परामर्श संयन्त्रको बैठक शनिबारदेखि चीनकाे राजधानी बेइजिङमा हुने भएको छ। संयन्त्रको १२ औ बैठकमा चीनले प्रस्ताव गरेको बेल्ट एण्ड रोड इनिसिएटिभअन्तरगत विकास गर्न सकिने विकास आयोजनका विषयमा छलफलहुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्रमन्त्रालयका सचिव शंकरदाश वैरागी गर्नेछन् भने चीनका तर्पmबाट सहायक विदेशमन्त्री कङ सुआन्यु नेतृत्वको टोलीले छलफल गर्नेछ।नेपालले हालसम्म बीआरआई अन्तरगत कुनै पनि संम्भाब्य परियोजना पहिचान गर्न सकेको छैन। सन् २०१७ मेमा नेपाल र चीनबीच बीआरआईबारे समझदारीपत्रमा हस्ताक्षर भएको थियो। चीनले उपयुक्त परियोजना प्रस्ताव गर्न नेपाललाई आग्रह गर्दै आएको छ। 

बैरागीका अनुसार बैठकमा नेपाल–चीन संबन्ध समीक्षाका साथै विगतमा भएका संझौता समझदारी कार्यान्वयनका विषयमा छलफल हुनेछ। ‘आपसी सम्बन्धका सबै विषयमा छलफल हुनेछ,’ बैरागीले भने।
बैठकमा नेपाल पक्षले तातोपानी नाका सूचारु गर्ने विषयलाई प्राथमिकताका साथ उठाउने बताइएको छ। बैठकमा भाग लिन बैरागी सहितको टोली बुधवार चीनको राजधानी बेइजिङ प्रस्थान गर्दैछन्। 
नेपाल र चीनबीच आपसी सम्बन्ध सुध्रिढीकरणका लागि सन् १९९६मा संयुक्त परामर्श संयन्त्र गठन भएको थियो।

 

प्रकाशित: १८ मंसिर २०७५ ११:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App