नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन् । सभापति देउवाले बिहीबार आफ्नै निवास बुढानीलकण्ठमा छलफलका लागि मन्त्रीलाई बोलाएका हुन् ।
गृहमन्त्री रमेश लेखकले सभापति देउवाबाट मन्त्रीलाई छलफलका लागि बोलावट आएको पुष्टि गरे।
सरकारमा मन्त्रीले गरिरहेको कामकारबाही र आफ्नो पनि केही भन्नुपर्ने कुरा होला । छलफलका लागि बोलाउनुभएको छ,’ गृहमन्त्री लेखकले भने । कांग्रेसबाट सङ्घीय सरकारमा १० मन्त्री र दुई राज्यमन्त्री छन् ।
यता विपक्षी दलहरू सरकारको भविष्यबारे आशङ्का गरिएका बेला देउवाले मन्त्रीलाई छलफलका लागि बोलाएको विषयमा अनेक खाले अड्कलबाजी भइरहेका छन् । केही कांग्रेसकै नेताहरू पनि संविधान संशोधनको विषयबारे प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिविरुद्ध सुनिँदै आएका छन्।
तर, सभापति देउवा भने अहिलेको सरकारको विकल्पमा जान नचाहेको देखिएको छ ।
गृहमन्त्री लेखकले सभापति देउवाबाट मन्त्रीलाई छलफलमा बोलाउने कुरा सामान्य रहेको बताए। ‘मन्त्रीहरूलाई प्रधानमन्त्रीले बोलाएको, सम्बन्धित पार्टीको नेता, सभापतिले बोलाएको कुरा सामान्य नै हुन्छन् । यसमा शङ्का गर्ने केही कुरा हुन्न,’ नागरिकसँग कुरा गर्दै लेखकले भने,‘यस्ता विषय समाचारकै विषय हुन्छन् जस्तो पनि लाग्दैन ।’
प्रकाशित: २ माघ २०८१ १३:३८ बुधबार