राजनीति

रवि थुनामुक्त भएपछि मुकुल: रवि दाइलाई बधाई, देवत्वकरण घातक हुनसक्छ

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा धरौटीमा छुटेपछि रास्वपाका पूर्व महामन्त्री डा. मुकुल ढकालले बधाई दिएका छन् । शनिवार एक स्टाटस लेखेर मुकुलले रवि खुसी देखिएकामा बधाई दिएका हुन् । 

‘कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गरेपछि, रवि दाइ खुसी हुनु भएको देखेँ,’ मुकुलले लेखेका छन्, ‘खुसी हुनु भएकोमा रवि दाइलाई बधाई छ ।

यस्तै फैसला अझैँ १८ पटक हुनुपर्ने विषय पनि मुकुलले उठाएका छन् । ‘यस्तै फैसला १८ पटक हुनु पर्ने । बल्ल १ पटक सकियो र अहिले नै देवत्वकरण नै गर्ने गरी वकिल र न्यायाधीशभन्दा बेसी अदालतको तारिफमा जसरी साथीहरू ओर्लिए, यो आगामी दिनमा रवि दाइका लागी झन् घातक हुनसक्छ,’ मुकुलले लेखेका छन् । 

तर, रविका वकिलहरू विपक्षीसँग मिलेको हुनसक्ने पनि मुकुलको शङ्का छन् । ‘हुन त ‘पैसा आएको थाहा थियो, ग्यालेक्सी टिभी लिलाम गरौँ’ जस्ता तर्क रवि दाइ पक्षका वकिलले नै गर्दा कतै रवि दाइ पक्षका केही वकिलहरू नै विपक्षीसँग बिके की भनेर शङ्का गर्ने प्रशस्त ठाउँ छ,’ मुकुलले लेखेका छन्, ‘अदालतको फैसलाले पार्टी स्टेट या पेन्डुलममा बस्ने जस्तो देखिन्छ ।’ 

१७ पटक अरू फैसला आउन बाँकी रहेकाले कुनै एउटा फैसला रविका लागि अप्रिय आउन सक्ने पनि मुकुलले लेखेका छन् । उनले अगाडि लेखेका छन्, ‘यो सम्भावना बाँकी नै छ । यो समय खुसी हुने भन्दा पनि लामो समय लम्बिने अदालती प्रक्रिया र पार्टी जीवनलाई कसरी सन्तुलित बनाएर लाने त्यसबारे रणनीति बनाउने बेला हो ।’

मुकुलले थप के लेखे ? जस्ताको तस्तै पढौँ  

प्रकाशित: २७ पुस २०८१ १२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App