राजनीति

स्वर्णलक्ष्मी सहकारी प्रकरण : बयानका लागि रवि अदालतमा हाजिर हुँदै

फाइल तस्विर

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार (भोलि) काठमाडौं अदालतमा हाजिर हुने भएका छन्।  

उनी बिहान साढे ८ बजे जिल्ला अदालत, काठमाडौंमा हाजिर हुने भएका हुन्। रास्वपा नेता समेत रहेका रविका सहयोगी दीपक बोहोराका अनुसार लामिछाने आइतबार बिहान जिल्ला अदालत, काठमाडौंमा हाजिर हुनेछन्।  

यसबारे जानकारी दिदैँ बोहोराले भनेका छन्, ‘सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८ः३० मा नै काठमाडौँ जिल्ला अदालतमा हाजिर हुनुहुनेछ।’ पोखराको सुर्यदर्शन सहकारी रकम अपचलपको मुद्दामा लामिछानेलाई जिल्ला अदालत, कास्कीले बिहीबार ६५ लाख धरौटीमा रिहा गरेको थियो। 

तर उनीमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनसम्बन्धी मुद्दा दर्ता भएको छ। सोहीकारण बयानका लागि उनी जिल्ला अदालत, काठमाडौंमा हाजिर हुन लागेका हुन्। कास्कीबाट रिहा भएलगत्तै उनलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको थियो। तर, आफैँ अदालतमा उपस्थित हुने प्रतिबद्धता गरेपछि छाडिएको हो।

प्रकाशित: २७ पुस २०८१ ११:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App