राजनीति

सभापति रिहा भएपछि रास्वपा- जबरजस्ती हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने औचित्य नरहेको पुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ६५ लाख धरौटीमा रिहा भएका छन्।

यसपछि रास्वपा नेताहरूले 'सरकारले जबरजस्ती हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने औचित्य नरहेको पुष्टि भएको' बताएका छन्।

सभापति लामिछाने रिहा भएपछि कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले भनेका छन्, 'पार्टी सभापति रवि लामिछानेज्यूलाई जिल्ला अदालत कास्कीले ६५ लाख धरौटीमा छाड्न आदेश गरेको छ। सरकारले जबरजस्ती हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने औचित्य नरहेको पुष्टि भएको छ।'

रास्वपा नेता तथा समर्थक-शुभेच्छुकहरूले जिल्ला अदालत र प्रहरी कार्यालय, कास्की अगाडि नाराबाजी गरेका छन्। उनीहरूले लामिछाने निर्दोष रहेको बताएका छन्।

यो पनि पढ्नुहोस्

सूर्यदर्शन सहकारी ठगीः रविलाई धरौटीमा छाड्न आदेश

प्रकाशित: २५ पुस २०८१ १८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App