नेकपा (एमाले) नेता विष्णु रिजालले नेपाली कांग्रेस नेताहरूको झ्यारझ्यार श्रवणीय नरहेको बताएका छन्।
बुधबार (आज) साँझ उनले फेसबूकमा लेखेका छन्, 'कांग्रेसका केही जिम्मेवार साथीहरूले एमालेका बारेमा बीचबीचमा झ्यारझ्यार गरिरहेको त्यति श्रवणीय छैन ।'
अगाडि उनले भनेका छन्, 'एमाले र कांग्रेसको सरकार छ । दुई पार्टीका अध्यक्षहरूबीच उच्चस्तरको समझदारी छ, दुई पार्टीका बीचमा उच्चस्तरीय राजनाीतिक संयन्त्र बनेको छ ।'
यस्तै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सदनभित्रको गणितका कारण संविधान संशोधन तत्कालै सम्भव नरहेको बताएको रिजालले बताएका छन्। यसबारे बुधबार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले टिप्पणी गरेका थिए।
यसपछि रिजालले यस्तो टिप्पणी गरेका हुन्।
प्रकाशित: २४ पुस २०८१ २१:१३ बुधबार