राजनीति

कास्की अदालतमा रविको बयान सुरु

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान सुरु भएको छ।

बिहीबार लिला पछाईसँगको बयान सकिएपछि जिल्ला अदालत कास्कीमा रवि लामिछानेसँग बयान सुरु भएको हो। रविसँग न्यायाधीश नितिज राईले बयान लिइरहेका छन्।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकामध्यबाट हालसम्म छविलाल जोशी र लीला पछाईको बयान सकिएको छ।

बिहीबार बयानका लागि रवि लामिछानेसहित सात जनालाई अदालत उपस्थित गराइएको छ। रविसँगै गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं, पूर्वसञ्चालक समिति सदस्य कृष्ण गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङ र पूर्वसञ्चालक समिति उपाध्यक्षसमेत रहेकी पूर्वसांसद मीना गुरूङलाई अदालत उपस्थित गराइएको छ।

प्रकाशित: ११ पुस २०८१ १४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App