राजनीति

विद्यार्थी जनमत सङ्घको केन्द्रीय संयोजकमा पोषणकुमार यादव

जनमत पार्टी निकट विद्यार्थी सङ्गठन विद्यार्थी जनमत सङ्घको केन्द्रीय संयोजकमा पोषणकुमार यादव मनोनीत भएका छन् ।

आइतबार (आज) बसेको केन्द्रीय सचिवालय बैठकले यादवलाई संयोजकमा मनोनीत गरेको प्रवक्ता शरदसिंह यादवले जानकारी दिए ।

केन्द्रीय सचिवालय प्रमुख राजेश कुमार मण्डलद्वारा  जारी विज्ञप्तिअनुसार यादवको कार्यकाल आजैको मितिदेखि सुरु भएको छ । विज्ञप्तिमा यादवको कार्यकालमा पार्टीले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षा गरेको छ ।

प्रकाशित: ७ पुस २०८१ २०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App