राजनीति

फिर्ता हुने भयो राजनीतिक दलका नेताविरुद्धको मुद्दा लिनेसम्बन्धी विधेयक

सरकारले शान्तिपूर्ण राजनीतिमा आएका दलका नेताविरुद्धको मुद्दा फिर्ता लिने व्यवस्था विधेयकबाट हटाउन सहमति गरेको छ ।

कानुन न्याय तथा मानवअधिकार  समितिको आइतबार बसेको बैठकमा केही नेपाल ऐन संशोधन विधेयकको दफा ६४ फिर्ता लिएको  हो। जहाँ सशस्त्र द्वन्द्वमा वा भूमिगत रहेको राजनीतिक शक्ति शान्तिपूर्ण राजनीतिमा आए जुनसुकै अदालतको जुनसुकै तहमा रहेको मुद्दासमेत सरकारले फिर्ता लिन सक्ने प्रावधान छ।

यो विधेयक प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा विचाराधीन छ। आइतबार बसेको समितिको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तावित विधेयकको दफा ६४ फिर्ता लिने घोषणा गरेका हुन्।

‘दफा ६४ यसअघिकै मन्त्रीले फिर्ता लिन्छु भनेकाले हामी फिर्ता लिन तयार छौँ’, मन्त्री चौरसियाले भने। यसमा माओवादी केन्द्रले भने असहमति जनाएको छ ।

प्रकाशित: ७ पुस २०८१ १३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App