राजनीति

राश्वपा ताप्लेजुङको सभापतिमा श्रेष्ठ चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) ताप्लेजुङको सभापतिमा वीरेन्द्र श्रेष्ठ चयन भएका छन्। उनी यसअघि जिल्ला संयोजकको जिम्मेवारीमा थिए।

राश्वपाको प्रथम जिल्ला भेलाले जिल्ला उपसभापतिमा दावा शेर्पा, सचिवमा नरेन्द्रकुमार पौडेल र सहसचिवमा लिलाप्रसाद पौडेल चयन भएका छन्। एक संघीय निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा हरि थापालाई संघीय निर्वाचन क्षेत्र संयोजकको जिम्मेवारी दिइएको छ।

यसैगरी, राश्वपाको जिल्ला सदस्यहरूमा निर्मला लाबुङ खिम्दिङ, नयानाथ तिवारी (नरेन्द्र) सरिता गुरुङ, खेमराज बराल, सुशिला कार्की, शान्ति सिवा, नुपु शेर्पा र दुर्गाप्रसाद थापा चयन भएका छन्। फुङलिङ नगर संयोजकमा राजन गुरुङ र सचिवमा युवराज बरालले यसअघिदेखि नै जिम्मेवारीमा रहेका छन्। यसअघि जिल्ला तर्दथ समिति रहेकोमा प्रथम जिल्ला भेलामार्फत जिल्ला समिति बनेको हो।

पार्टीको केन्द्रीय नेतृत्वबाट ताप्लेजुङ जिल्ला संयोजनको जिम्मेवारीमा रहेकी नेतृ तोसिमा कार्की, केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईँसहितका नेताको उपस्थितिमा राश्वपा ताप्लेजुङको प्रथम जिल्ला भेला सम्पन्न भएको हो। राश्वपाले सिदिङ्वा र सिरिजङ्गा गाउँपालिकामा पनि भेला सम्पन्न गरिसकेको छ। राश्वपाले अब पालिका र वडा भेलाको तयारीमा जुट्ने बताएको छ।

प्रकाशित: ४ पुस २०८१ १२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App