राजनीति

सरकार परिवर्तनको सम्भावना छैन: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको स्थायित्वबारे पनि आफ्नो धारणा राख्दै सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताएका छन्।

आइतबार चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार वर्तमान सरकार आफ्नो कार्यभार अघि बढाउँदै जाने बताए।

गृहमन्त्री लेखकले संविधान संशोधन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र समावेशितालाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले गर्न लागिएको स्पष्ट पारे।

उनले संविधान संशोधनको प्रारम्भिक छलफल दुई ठूला राजनीतिक दलहरूले सुरु गरिसकेको समेत बताए। संविधान संशोधन दुई दलको प्रयासले मात्र सम्भव नहुने भन्दै सबै राजनीतिक दलहरूसँगको समन्वय र सहमतिका साथ अघि बढ्ने योजना रहेको उनले सुनाए।

गृहमन्त्री लेखकले संविधानको १० वर्षे अभ्यासका क्रममा देखिएका सबल र दुर्बल पक्षलाई पहिचान गरेर सबै दलहरूबीच संवाद र छलफलमार्फत सहमतिका साथ संविधान संशोधन गरिने जानकारी दिए।

‘संविधान संशोधनको कुरा गर्दा विभिन्न प्रकारका व्याख्या भइरहेका छन्। हाम्रो उद्देश्य भनेको संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशिताको सिद्धान्तलाई अझ बलियो बनाउनु हो,’ उनले भने।

प्रकाशित: ३० मंसिर २०८१ १६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App