राजनीति

सहकारी रकम अपचलन : लामिछाने अदालतमा पेश

पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा पुन: उपस्थित गराइएको छ। कात्तिक २५ गते दिइएको १३ दिने अनुसन्धान म्याद सकिएपछि उनलाई पुन: अदालतमा पेश गरिएको हो। लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो।  

उनीमाथि गोर्खा मिडियाबाट सहकारीको रकम अपचलन गरेको आरोप छ। कास्की प्रहरीले उनलाई किर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ। चितवन र काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएकाे छ। गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई (फरार)बाहेक तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सदस्य कुमार रम्तेल र सञ्चालक छविलाल जोशीमाथि अनुसन्धान भइरहेको छ।

गोर्खा मिडिया नेटवर्कमाथि देशभरका ९ वटा सहकारीका रकम अपचलन भएको संसदीय छानविन समितिले निष्कर्ष समितिले निकालेको थियाे। लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ।

प्रकाशित: ९ मंसिर २०८१ १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App