राजनीति

सरकार विरुद्ध माओवादी केन्द्र सडकमा ओर्लियो,भृकुटीमण्डमा विरोध सभा गर्दै

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले काठमाडौंमा प्रदर्शन सुरु गरेको छ।सरकारविरुद्ध सडकमा उत्रिएको माओवादीले पहिलो विरोध सभा काठमाडौंमा गर्न लागेको हो।

ओली नेतृत्वको दुई तिहाइको समर्थन पाएको सरकार असफल भएको निष्कर्ष निकालेको माओवादीले हजारौं कार्यकर्तालाई सडकमा उतारेको छ। 

सरकारविरुद्धको प्रदर्शनको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेका छन्। प्रदर्शनमा प्रचण्डसहित पार्टीका उच्च नेतृत्व सबै सहभागी छन्। सुन्धाराबाट सुरु भएको माओवादीको जुलुस रत्नपार्क वागबजारहुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ।  

विपद् व्यवस्थापनमा सरकार लाचार भएको, सरकारको असक्षमताका कारण बेपत्ताहरूको खोजी हुन नसकेको माओवादीले आरोप लगाएको छ।

पीडितलाई राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण र पुर्नस्थापनाका विषयमा सरकारलाई दबाब दिन सभा गरिएको माओवादीका प्रवक्ता अग्नी सापकोटाले बताए।उनका अनुसार विरोध सभा देशैभर गरिनेछ। 

सापकोटाले आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई ओली सरकारले कमजोर बनाएको बताए। सरकारलाई ज्ञापन पत्र बुझाएलगत्तै माओवादी केन्द्र सडकमा ओर्लिएको हो।  

प्रकाशित: १० कार्तिक २०८१ १२:३१ शनिबार

#protest #Maoist