राजनीति

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक,आगामी रणनीति तय गर्ने

आफ्ना सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा आन्दोलनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ। 

शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको रास्वपाले भावी रणनीति तय गर्न केन्द्रीय समितिको बेठक बोलाएको हो। 

नेता शिशिर खनालका अनुसार बैठक दिउँसो १ बजे पार्टी कार्यालय वनस्थलीमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक गतिविधि,  आगामी कार्यदिशा  र विविध गरी तीनवटा  एजेन्डा तय गरिएको खनालले बताए। 

पार्टी सभापति  लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको जनाउदै आएको रास्वपाले बैठकबाट आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ। 

त्यस्तै बैठकले पछिल्लो घटनाक्रमबारे पार्टी थप निर्णय लिने खनालले बताए ।

प्रकाशित: १० कार्तिक २०८१ ०९:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App