राजनीति

सरकारी रकम जे गरेपनि हुन्छ भन्ने सोचाई बदल्नुपर्दछ: मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास योजनाका लागि सरकारी तहबाट बिनियोजित बजेट जसरी खर्च गरेपनि हुन्छ भन्ने मानसिकतालाई बदल्नुपर्ने बताएका छन्।

मंगलबार मुसिकोटमा आयोजित नेकपा (एमाले) कार्यकर्ता भेलालाई संवोधन गर्दे पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री कँडेलले भने, 'सरकारी पैसा हो जे गरे पनि हुन्छ भन्ने धारणा छ, त्यसलाई अब बदर्लौ, बदल्न सकिएन भने हाम्रो अवस्था पनि बदलिदैन।'

योजना छनौटमा देखिएका समस्यालाई प्रदेश सरकारले योजना र्बैक वा क्रमशः कानून बनाएर व्यवस्थित गर्ने अभियानमा लागेको बताउँदै मुख्यमन्त्री कँडेलले पहुँचको भरमा योजना ल्याएर जथाभावी गर्ने प्रवृतिलाई आफनो नेतृत्वको सरकारले रोक्ने धारणा राखे। सरकारी योजना छनौट गर्दा जनताले राहत महशुस नगर्ने तर कार्यकर्ताको मात्र चित्त बुझाउने गरि योजना छान्ने प्रवृतिलाई आफूले रोक्ने अभियानमा लागेको मुख्यमन्त्री कँडेललेको धारणा थियो।

परिर्वतित सन्र्दभमा शक्ति र शासन देखाइएर सत्ता टिकाउने जामाना गईसकेको बताउँदै मुख्यमन्त्री कँडेलले बजेट ल्याईदिन्छु, योजना पारिदिन्छु भनेर नक्कली कुरा गरेर पार्टी राजनीति नगर्न कार्यकर्तालाई सुझावसमेत दिए। बजेटको कुरा गरेर जनतालाई क्षणिक रुपमा अल्मल्याउन सकिन्छ होला मुख्यमन्त्री कँडेलले भने, 'तर राम्रो नीति र कानून बनाउदा त्यसको लाभ दीर्घकालीन रुपमा सबै नागरिक पाउछन् र सरकारप्रति भरोसा बढ्छ।'

सरकारले विनियोजन गरेका बजेटलाई व्यक्ति बिशेषको योजना बनाउने परिपाटीप्रति खवरदारी गर्न पनि मुख्यमन्त्री कडेलले कार्यकर्तालाई आव्हान गरे। योजना र बजेटका लागि पहल जसले पनि गर्न सक्छ पहल गर्नेसबैलाई धन्यवाद दिनुहोस मुख्यमन्त्री कँडेलले भने, 'तर ती योजनाहरु पहल गर्नेका होइनन नागरिकका हुन भनेर तपाईहरुले बुझाउन प्रयत्न गर्नुहोस्।'

एक अर्को प्रशंगमा मुख्यमन्त्री कँडेलले राजनीतिलाई कुनै पेशा वा व्यवसाय नबनाई समाज सेवा गर्ने साधनको रुपमा लिनुपर्ने धारणा राखे। राजनीतिमा लागेर के पाइयो भन्ने वितृष्णा पैदा हुने प्रचलन रहेको तर्फ सकेत गर्दे मुख्यमन्त्री कँडेलले राजनीतिमा निष्ठा, सर्मथन र त्यागसहितको सेवाभाव अझै जरुरी उनको भनाई थियो।

प्रकाशित: ६ कार्तिक २०८१ १७:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App