राजनीति

मनाङेले छोडेको मन्त्रालयमा कांग्रेसका पौडेल नियुक्त

गण्डकीको वन मन्त्रीमा कांग्रेसका भेषबहादुर पौडेल नियुक्त भएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई वन मन्त्रीमा नियुक्त गरेका हुन्।उनको आजै दिउँसो सपथ हुने कार्यक्रम छ। पौडेल लमजुङको प्रदेश सभा (ख) बाट निर्वाचित सांसद हुन्।

उनको नियुक्तिसँगै गण्डकी प्रदेश सरकारले पनि पूर्णता पाएको छ। स्वतन्त्र सांसद दिपक मनाङेलाई भौतिक मन्त्रालयबाट वनमा सारेपछि उनले मन्त्री पदबाटै राजीनामा दिएका थिए। 

मनाङेले छाडेको मन्त्रालयमा पौडेल आएपछि सबै मन्त्रालयले मन्त्री पाएको छ। गण्डकीमा ९ मन्त्रालय छन्। 

यसअघि ७ मन्त्रालय रहेको प्रदेशमा राजनीतिकभागबन्डा मिलाउन ७ मन्त्रालयलाई फुटाएर ९ पुर्‍याइएको थियो।

प्रकाशित: ५ कार्तिक २०८१ १३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App