राजनीति

कार्यदलले बुझायो कोशी सरकारको न्यूनतम साझा कार्यक्रम

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनालाई जनताले अनुभूति गर्ने किसिमको बनाउन प्रयासरत रहेको बताएका छन्।

बिहीबार प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझ्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन्। मुख्यमन्त्री कार्कीले न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई मन्त्रिपरिषद्को बैठकबाट पारित गरेर पूर्ण रुपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा मस्यौदा निर्माण कार्यदलले मस्यौदा कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्वव थापालाई हस्तान्तरण गरेको थियो। लगत्तै थापाले मुख्यमन्त्री कार्कीलाई मस्यौदा हस्तान्तरण गरेका थिए।

मुख्यमन्त्री कार्कीलाई मस्यौदा हस्तान्तरण गर्दै कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्वव थापाले प्रदेश सरकारका कामलाई प्रभावकारी बनाउन न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको बताए।

उनले प्रदेशको समृद्धि र विकासका लागि जनताका आवश्यकता परिपूर्ति गर्न सरकारलाई न्यूनतम साझा कार्यक्रम मार्फत ध्यानाकर्षण गराएको सुनाए।

सरकारले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न ६ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई, नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ र एमालेका सांसद तिलचन पाठक रहेका थिए।

यस्तो छ कार्यदलले बुझाएको न्यूनतम साझा कार्यक्रमको मस्यौदा

प्रकाशित: १ कार्तिक २०८१ १९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App