राजनीति

भारतद्वारा दशवटा प्रिफ्याब्रिकेटेड पुलका पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण

भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलहरुले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनर्स्थापना गर्न नेपालको पुनर्निर्माण प्रयासलाई सहयोग गर्ने उदेश्यका साथ बुधवार उक्त पुल हस्तान्तरण गरिएको हो।

३८ करोडभन्दा बढी मूल्यका यी पुलहरु भारत सरकारले अनुदानको रुपमा प्रदान गरेको बताइएको छ। यी सामानहरु वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई बुधवार हस्तान्तरण गरेका हुन्। प्रिफ्याब्रिकेटेड स्टील ब्रिजका बाँकी खेपहरु आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइनेछ।

जारी विज्ञप्तिमा नेपालमा हालै आएको बाढी र पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न पछिल्लो दुई दिनमा भारतले अत्यावश्यक सरसफाई सामाग्री, औषधि, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, मोटर, टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको २५ टनभन्दा बढीको राहत सामग्री उपलब्ध गराई मानवीय सहयोग गरेको पनि बताइएको छ।

भारत, नेपाल सरकार र नेपाली जनताको आवश्यकता अनुसार राहत सामग्री र पुनर्निर्माण प्रयासमा हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २३ आश्विन २०८१ २२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App