राजनीति

कांग्रेसको व्यवसायिक सिप विकास विभागमा सदस्यहरू मनोनित

नेपाली कांग्रेसको व्यवसायिक सिप विकास विभागमा सदस्यहरू मनोनित भएका छन्।

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९)बमोजिम दश जनालाई मनोनयन गरेका हुन्। उक्त विभागको प्रमुखमा गंगालक्ष्मी अवाल छन्।

सभापति देउवाले झापाकी वीना तामाङ, धनुषाका कोमलकान्त झा, भक्तपुरकी प्रतिभा अदुवा श्रेष्ठ, कास्कीकी निशा मल्ल ठकुरी, काठमाडौंका सुनिल श्रेष्ठ, बाँकेकी उमाकुमारी थापा, ललितपुरकी फरिन्दा महर्जन, जाजरकोटका रमेश केसी, काठमाडौंकी सीतादेवी बस्नेत कार्की र कञ्चनपुरकी प्रमिला जैरूलाई सदस्यमा मनोनयन गरेका हुन्।

प्रकाशित: ६ आश्विन २०८१ १४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App