राजनीति

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै, मतविभाजन सुरु

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन सुरु भएको छ।

कोशी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको प्रस्तावमा मतविभाजन सुरु भएको प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए।

प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीका नेताहरूले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने जनाइसकेका छन्।

प्रकाशित: २ आश्विन २०८१ १६:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App