राजनीति

गोकुलको दाबी: राजनीतिक सौदाबाजी नभए तेस्रो पटक ‘जान्नेलाई छान्ने चान्स’ आउँछ

नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक सौदाबाजी नभए चितवनमा तेस्रो पटक निर्वाचन हुने बताएका छन्।

बुधबार सामाजिक सञ्जालमा ‘एक्स’ मा अभिव्यक्ति सार्वजनिक गर्दै बास्कोटाले यस्तो दाबी गरेका हुन्। बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लक्षित गर्दै यो अभिव्यक्ति दिएका हुन्।

सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिले सोमबार प्रतिवेदन बुझाउँदै लामिछानेमाथि कानुनी कारबाहीका लागि सिफारिस गरेको छ।

‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाँच वर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने,’ बास्कोटाले लेखेका छन्, ‘कानुनविद्का वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पुरा हुने कुरा पक्का जस्तै छ भनिन्छ।’

बास्कोटाले ‘७८औं जिल्ला त्यसै भन्या रैनछ चितवनलाई ! ’ भनेर पनि लेखेका छन्।

प्रकाशित: २ आश्विन २०८१ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App