राजनीति

अर्थ र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ। जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बोलाइएको छ। बैठकमा समितिको आन्तरिक छलफल हुने बताइएको छ।

त्यस्तै बिहान ११ बजे नै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बोलाइएको छ।  

बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू महाकाली सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाई आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र सिक्टा सिँचाई आयोजनाको हालसम्मको कार्य प्रगति अवस्था (वित्तीय र भौतिक), प्रमुख सवाल, समस्या, भावी कार्ययोजनाबारे छलफल हुने कार्यसूची रहेको छ। 

प्रकाशित: २ आश्विन २०८१ १०:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App