राजनीति

प्रधानमन्त्रीलाई रविको चेतावनीः उपसभामुख हटाउन लागेर गलत गर्दै हुनुहुन्छ

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेका छन्।

बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले बिहीबार आफूले प्रधानमन्त्री ओलीलाई भेटेर उपसभामुखको विषयमा भइरहेको चर्चा परिचर्चाहरुको बारेमा वास्तविकता के हो भनि प्रश्न गरेको बताए।

उनले आफूले यदि उपसभामुखलाई हटाउन लागेको हो भने गलत गर्दै हुनुहुन्छ भनेर सचेत गराएको बताए। उनले दुई तिहाइको शक्ति भएको सरकारको प्राथमिकताहरु धेरै भएको भन्दै शक्तिको सदुपयोग नगर्न आग्रह गरेको पनि उल्लेख गरे।  

उनले प्रधानमन्त्रीले आफू सो विषयमा छलफलमा रहेको जानकारी दिएको बताए। 

प्रकाशित: २६ भाद्र २०८१ १३:५७ बुधबार

#Rabi Lamichhane #Prime Minister Kp Sharma Oli