राजनीति

खेलकुद क्षेत्र नेपाललाई विश्वभर चिनाउने कडी: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताएका छन्।

आइतबार पार्टी केन्द्रिय कार्यालयमा पाराओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई सम्मान गर्दै देउवाले यस्तो बताएका हुन्।

उनले खेलाडीहरु राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीहरुको सम्मान गर्न सक्नुपर्ने बताए। उनले नेपाली कांग्रेसले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गरिरहेको भन्दै आगामी दिनमा अझ बढी पहलकदमी लिने विश्वास व्यक्त गरे। सभापत देउवाले नेपालको इतिहासमा अन्तर्राष्ट्रिय स्तरको काँस्यपदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको भन्दै गोवद्र्धनको प्रशंसा गरे।

उनले भने, ‘पलेशा गोवद्र्धनजी जो हुनुहुन्छ, उहाँले अत्यन्तै नेपाललाई काँस्य पदक जिताउनु भयो। जिताउन सफल हुनुभएकोमा सबै नेपालीहरुको तर्फबाट, हाम्रो पार्टीको तर्फबाट हार्दिक बधाई। भोलिका दिनमा अझ बढी पदक प्राप्त गर्ने सफलता मिलोस्। नेपालको इतिहासमा अन्तर्राष्ट्रिय स्तरको काँस्यपदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको छ। त्यसका लागि भोलिका दिनमा नेपाली खेलाडीहरुले अझ बढी सफलता प्राप्त गरुन् भन्ने हार्दिक कामना गर्दछु। खेलकुद क्षेत्रको विकासका लागि नेपाली काँग्रेस सदैव सहयोग गरिरहेको छ। आगामी दिनमा पनि अझ सशक्त ढंगले अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु। खेलाडीहरु राष्ट्रका गहना हुन्। नेपाललाई विश्वभर चिनाउने कडीका रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्छ।’

प्रकाशित: २३ भाद्र २०८१ १६:३३ आइतबार

#Sher Badhur Deuwa