राजनीति

बुबासँगको पुरानो तस्बिर साझा गर्दै प्रधानमन्त्रीले दिए कुशे औँसीको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पितालाई सम्झिँदै कुशे औँसीको शुभकामना दिएका छन्।

सामाजिक सञ्जालमा बुबालाई खिर खुवाउँदै गरेको पुरानो तस्बिर साझा गर्दै उनले कुशे औँसीको सबैमा शुभकामना दिएका हुन्।

उनले लेखेका छन्, ‘बन्दे पितरम् !!

आज बुबाको मुख हेर्ने दिन, पिताजीलाई हाम्रो संस्कृतिले पालनकर्ता, ज्ञानदाता र संरक्षकका रूपमा सम्मान गर्छ। सम्पूर्ण पिताजीहरुलाई नमन, सुस्वास्थ्य र दीर्घायुको कामना! यस दिनलाई कुशे औंसीका रूपमा पनि मनाइन्छ। कुशे औंसीको सबैलाई शुभकामना !!’

प्रकाशित: १७ भाद्र २०८१ ०८:१४ सोमबार

#KP Sharma Oli