राजनीति

परराष्ट्रमन्त्री राणा आज भारत जाँदै

पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत भ्रमणमा जाने भएकी छिन्। मित्र राष्ट्र भारतको औपचारिक भ्रमणका लागि उनी आज भारत भ्रमणमा जान लागेकी हुन्।

उनका भारतीय समकक्षी डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा निस्कन लागेको परराष्ट्र मन्त्रालले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवम् नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धनबारे छलफल गर्ने बताइएको छ।

दुई देशबीचमा नियमित रुपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवम् प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ।

परराष्ट्र मन्त्री राणाको भदौ ६ गते स्वदेश फर्कने तालिका रहेको छ।

प्रकाशित: २ भाद्र २०८१ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App