राजनीति

पार्टी एकीकरण गर्ने हाम्रो कुरा चलेको छैन : उपमहासचिव खतिवडा

नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो पार्टीले कुनै पनि पार्टीसंग एकीकरण गर्ने कुरा नचलाएको बताएका छन् ।

उनले  कम्युनिस्ट पार्टीहरूको बिचमा समसामयिक राजनीतिक परिस्थितिको  विविध पक्षहरूमा समीक्षा र  छलफल भने चलिरहेको स्पष्ट पारेका छन्।

उनले समाजवादी  मोर्चाको गतिविधि बढाइ बाम पन्थीहरूको बिचमा न्यूनतम सहकार्य अगाडि बढाउन पहल गरिने पार्टी नीति रहेको जानकारी दिए। उनले भने, ‘हामीले आफ्नो पार्टी सबल बनाउने दिशा  समाउने हो। कम्युनिस्ट पार्टीको सबै झन्डा उस्तै हो । त्यो साझा छ। कलम चुनाव चिन्ह हाम्रो विशेष परिचय हो यो परिचयलाई मेट्ने गरी पार्टीले कुनै काम गर्दैन। ’

प्रकाशित: ३१ श्रावण २०८१ १५:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App