राजनीति

यथाशिघ्र नगरसभा बस्नुपर्ने माग गर्दै वडाध्यक्षहरू आन्दोलित

सिरहाको धनगढीमाई नगरपालिकाको नगरसभा मिति यथाशिघ्र तय गर्न माग गर्दै वडाध्यक्षहरू आन्दोलित भएका छन्। सोमवार एक विज्ञप्ति जारी गर्दै बहुसङ्ख्यक वडाध्यक्षले संयुक्त रूपमा तीन सुत्रीय मागअघि सार्दै आन्दोलनको घोषणा गरेका हुन्।

विज्ञप्तिमा सेवा प्रवाह र दैनिक प्रशासनिक कार्यलाई चुस्तदुरुस्त बनाउन अनुगमन तथा सुपरीवेक्षण कार्य गर्न छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने, नगरपालिकामा देखिएका समस्या समाधान गर्न यथाशिघ्र कार्यपालिका बैठक आह्वान गर्नुपर्ने र नगरसभाको मिति तय गर्नुपर्ने माग राख्दै २४ घण्टे अल्टिमेटम दिएका छन्। नगरपालिकाका १४ वडाध्यक्षमध्ये १० जना यस्तो संयुक्त हस्ताक्षरसहित यस्तो माग गरेका हुन्।

वडा नं. ९ का अध्यक्ष प्रकाश योञ्जनले माग पूरा नभए थप आन्दोलन गर्न बाध्य हुने बताए। उनले भने, 'हालसम्म नगरसभा नबस्दा चालु आर्थिक वर्षको बजेटसमेत प्रस्तुत भएको छैन। यसले गर्दा नगनगरपालिकाको दैनिक सेवा प्रवाह र प्रशासनिक कार्य प्रभावित भएको छ। त्यसैले आन्दोलन गर्नुपर्ने अवस्था आएको हो।'

यहाँ नगर कार्यपालिका सदस्य र नगरप्रमुखबीच विवाद हुँदा पटकटपक नगरसभा स्थगित हुँदै आएको छ। नगरपालिकाको बजेट खर्चसहित हिसाब किताब मागेपछि नगरप्रमुख शिवशङ्कर महतोले नगरसभा गर्न आलटाल गर्दै आएको वडाध्यक्षहरूको आरोप छ। रासस

प्रकाशित: २९ श्रावण २०८१ ०६:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App