राजनीति

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललले आज विश्वासको मत लिने तयारी गरेका छन्।

नेपालको संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि सो सम्बन्धी विषयको प्रस्ताव साउन २१ गते राख्ने व्यवस्था मिलाउन शनिवार नै मुख्मयन्त्री कँडेलले प्रदेश सभा सचिवालयलाई पत्र पठाइसकेका छन्।

उनले उक्त व्यवस्थाका लागि कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम १५० को उपनियम १ बमोजिम सूचना गरेको जनाए।

कुल ४० सदस्य सङ्ख्या रहेको कर्णाली प्रदेशसभामा हाल नेपाली कांग्रेसका १४, नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का १३, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का १०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक–एक प्रदेशसभा सदस्य रहेका छन्।

प्रकाशित: २१ श्रावण २०८१ ०७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App