राजनीति

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छः विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन्। 

जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधिले यो गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्ने बताएका हुन्। 

उनले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले संसदमै आफू २ वर्ष प्रधानमन्त्री र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएकाले पनि यो गठबन्धन टिकाउ रहेको पुष्टी गर्ने तर्क गरे। 

यो पनि पढ्नुहोस्

केपी ओलीसँग हामी ढुक्क छौं: विमलेन्द्र निधि

 

तत्काल गठबन्धनभित्र कुनै किसिमको असन्तुष्टी हुने सम्भावना टाढासम्म नरहेको उनको भनाई थियो। पूर्वउपप्रधानमन्त्री निधिले वर्तमान गठबन्धनले राजनीतिक स्थायित्व मुलुकलाई प्रदान गर्ने बताए। यसले देशमा विकासका बाटाहरु समेत प्रशस्त गर्ने दाबी उनको छ।

उनले दुई ठूला दल मिलेर बनेको यो सरकारले मुलुक राजनीतिक, आर्थिक, सामाजिक तथा शैक्षिक विकासको दिशामा काम गर्ने स्पष्ट पारे। 

प्रकाशित: २० श्रावण २०८१ ११:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App