राजनीति

सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको बैठक बस्दै

सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको बैठक आज बस्दै छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्ने बैठक बिहान ८ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि छलफल केन्द्रीत रहने बताइएको छ।

यसअघि मङ्गलवार बसेको संयन्त्रको बैठकमा मुल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा र त्यसलाई एकीकृत गरेर उठेका प्रश्नहरूलाई पनि एकीकृत गर्ने विषयमा कुराकानी भएको थियो।

संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा रहेका छन्।

प्रकाशित: १७ श्रावण २०८१ ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App