राजनीति

वर्तमान समयानकुलको पर्यटन नीति बनाउछुः पर्यटन मन्त्री पाण्डे

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनकुलको पर्यटन नीति बनाउने बताएका छन्।

सोमवार मन्त्रालयको पदबहाल गर्दै मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरेको भन्दै त्यसलाई गहिरो अध्ययन गरेर नीति बनाउने बताए।

उनले अध्ययन समितिले तीन महिनाभित्र पर्यटन नीतिमा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिनेगरी कार्यगत शर्त तोकिएको बताए। निष्ठा र इमानको राजनीतिलाई कुनैपनि किसिमको कलंक नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्ने उनले बताए।  

उनले जनताले भ्रष्टाचारको न्युनिकरण गरीसुशासनको प्रत्याभुति खोजिरहेको बताए। युवाहरु देशभित्र भविष्य खोज्ने चिन्तामा रहेको भन्दै सबैको चिन्ता कम गर्ने दिशामा सरकारले काम गर्ने उनको भनाइ छ। उनले ठूलो लगानी गर्ने वातावरण बनाउनसके मात्रै पर्यटकहरु मुलुकभित्र आउने बताए।  

प्रकाशित: ३१ असार २०८१ १६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App